बागलुङमा शुक्रबारदेखि दोस्रो लखन कप भलिबल

बाग्लुङ | फागुन १०, २०७९

बागलुङमा शुक्रबारदेखि दोस्रो लखन कप भलिबल

बागलुङ:   नेपाल मगर संघको ४१ औं स्थापना दिवसको अवसरमा नेपाल मगर युवा संघ बागलुङले फागुन १२ देखि १५ गतेसम्म दोस्रो लखन कप महिला /पुरुष भलिबलको आयोजना गरेको छ । 


मगर संघको स्थापना दिवसको अवसरमा पालिका स्तरीय महिला भलिबल र खुुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको नेपाल मगर युवा संघका उपाध्यक्ष प्रकाश थापामगरले जानकारी दिए । 


‘मगर संघको स्थापना दिवस फागुन १५ गते हो वर्षेनी कार्यक्रम आयोजना हुँदै आएको छ, थापामगरले भने, ‘शहीद लखन थापामगरलाई राष्ट्रले उचित सम्मान दिन सकेको छैन, शहीद थापामगरको सम्मान स्वरुप नै अन्य कार्यक्रम गर्दै आएपनि गतवर्ष देखि लखन कप आयोजना गरेका छौं ।’

 


दोस्रो लखन कप पालिका स्तरीय महिला भलिब प्रतियोगितामा विजेता हुने समूहले २५ हजार, द्धितीय हुने समूहले १५ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । 


यस्तै खुल्ला वडास्तरीय पुरुष भलिबलतर्फ विजेताले ८१ हजार १ सय ८१, द्रोस्रो हुने समूहले ४१ हजार १ सय ४१ र सान्त्वना हुने दुई समूहले क्रमश १०/१० हजार पुरस्कार प्राप्त गर्ने नेपाल मगर युवा संघ बागलुङका उपाध्यक्ष थापामगरले जानकारी दिए । 


उनका अनुसार लखनकप तथा मगर स्थापना दिवसको अवसरमा सामुहिक खुल्ला लोक नृत्य प्रतियोगिता समेत आयोजना गरेको छ । लोक नृत्यतर्फको विजेताले १० हजार, दोस्रो हुने समूहले ७ हजार र तेस्रो हुने समूहले ४ हजार पुरस्कार प्राप्त गर्नेछन् । 


नेपाल मगर युवा संघ बागलुङले आयोजना गरेको प्रथम लखन कप महिला भलिबलतर्फ बागलुङको बडिगाड गाउँपालिका विजेता र ताराखोला गाउँपालिका उपविजेता भएका थिए । यस्तै खुल्ला वडास्तरीय पुरुष भलिबलतर्फ बागलुङको गलकोट नगरपालिका ७ मल्म विजेता र गलकोट नगरपालिका १० पाण्डवखानी उपविजेता भएका थिए । 


भलिबल प्रतियोगिता बागलुङको कालिका भगवती बालउद्यानमा हुने संघले जनाएको छ । 
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्